पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

एनआरटी केपी ओली कपको फाइनलमा

२०८० फाल्गुण १७, बिहीवार १४:२८ बजे

काठमाडौं- न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा संजीव विष्टले २ गोल गरेका थिए भने विवेक गुरुङले एक गोल गरेका थिए ।

अब एनआरटीले फाइनलमा मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल आगामी शनिबार हुँदैछ ।