पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने

२०८० फाल्गुन २७, आईतबार १८:५३ बजे

काठमाडौं-  नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ।

आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ। ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। 

२०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए।