पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार

२०८० फाल्गुन २७, आईतबार १४:४९ बजे

काठमाडौं-  प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले आइतबार जसपाका दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

आइतबार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शपथ लिएका छन्। त्यसैगरी जसपाबाटै नवलकिशोर साह वन मन्त्री बनेका छन्।

दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराएका छन्। यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए।

फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए। अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।