पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने

२०८० फाल्गुन २२, मंगलबार ०८:२२ बजे

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो ।
संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताएका थिए । सत्ताबाट बाहिरिएसँगै उनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल हुने बताइएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।