पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

गोवालाई पोखरासँग जोड्ने नेपाली संसदीय टाेलीकाे प्रस्ताव

२०८० माघ २१, आईतबार १४:०४ बजे

काठमाडौं- नेपाली सांसदहरूको टोलीले भारतको गोवालाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका छन् । 

भारतको पर्यटकीय राज्य गोवामा आउने पर्यटकलाइ नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका हुन् ।   

अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेका टोलीले उक्त प्रस्ताव गरेको सांसद हरी उप्रेतीले जानकारी दिएका छन । ‘हामीले गोवालाइ पोखरासँग जोडन प्रस्ताव गरेका छौं, उनीहरू सकारात्मक रहेका छन्,’ उप्रेतीले भने, ‘तर, त्यसका केही कानुनी जटिलता र सबन्ध सुधारका लागि काम गर्ने भनेर कुरा अघि बढेको छ ।’ 

भारतको दक्षिणी भु भागमा रहेको गोवामा बार्षिक ५० लाख पर्यटक आउने गरेको र त्यसका केही हिस्सा मात्रै नेपालमा ल्याउन सकेको खण्डमा नेपालको पर्यटन उधोग अझ मौलाउन सक्ने सो टोलीको भनाइ छ ।

भारतीय संसदको अन्तराष्टिय समितिको निमन्त्रणामा भारत गएको नेपाली सांसदको टोलीले भारतीय बिदेश मन्त्री यस जयशंकरसहित गोवाका मन्त्रीहरूसँग भेटबार्ता गरी नेपालको हितका बारेमा कुराकानी गरेको सभापति यादवले जानकारी दिए ।