पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन

२०८१ वैशाख ३०, आइतवार १६:२३ बजे

काठमाडौं- जर्जियाको राजधानी टिबिलिसीमा सरकारी विधेयकको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई ‘रूसी कानून’ भनेका छन् ।

यस ऐनमार्फत सामाजिक संघसंस्था र स्वतन्त्र सञ्चार माध्यमबाट प्राप्त विदेशी चन्दालाई निशाना बनाइएको छ ।

आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी थिए ।

विपक्षी दलहरूले यस बिललाई 'रूसको कानून' सँग तुलना गरेका छन् किनभने २०१२ मा रूसमा यस्तै विधेयक पेश गरिएको थियो।

सरकारले यो विधेयकमार्फत असहमतिको आवाज दबाउन खोजेको विपक्षी दलहरुको आरोप छ । अमेरिकाले यो विधेयकलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा पनि भनेको छ ।