पाठशाला न्यूज
 २०८२ मंसिर २९, आइतवार    

बिच बाटोबाट जहाज फर्किए पछि निगमका प्राविधिकहरु कारवाहीमा

२०८० आश्विन १९, शुक्रवार ०७:४२ बजे

काठमाडौँ-नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुईजना प्राविधिकलाई कारवाही गरि काममा प्रतिबन्ध लगाएको छ । यो निर्णय प्राधिकरणले अर्को निर्णय नगरेसम्म लागु हुने समेत बताएता पनि उनीहरूको नाम भने खुलाइएको छैन ।

मर्मत गरेको जहाजमा पटकपटक समस्या देखिएपछि निगमका ड्युटी मेन्टेनेन्स म्यानेजर सहित दुई प्राबिधिक कर्मचारीहरुलाई काममा प्रतिबन्ध लगाइएको प्राधिकरणले जनाएको छ ।

पछिल्लोपटक उनीहरूले मर्मत गरेको नेपाल एयरलाइन्सको ३२०, ९एन–एकेएक्स जहाज बुधबार काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि उडेको थियो । तर, जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस) खराबी देखिएपछि विमान पाकिस्तानको कराँची पुगेर फर्किएको थियो । उक्त विमान बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।