पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

जनमत पार्टीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

२०८० माघ ९, मङ्गलवार २०:०२ बजे

काठमाडौं : जनता समाजवादी पार्टी नेतृत्वको मधेश प्रदेश सरकारबाट राष्ट्रिय जनमत पार्टीले समर्थन फिर्ता लिएको छ ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले मधेशी जनतामाथि सरकारले गरेको दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगल राज तथा गुण्डाराजको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन् ।
साथै जनमत पार्टीबाट प्रदेश सरकारमा रहेका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले राजीनामासमेत दिएका छन् । मंगलबार नै समर्थन फिर्ता लिने सूचना प्रदेश प्रमुख समक्ष पेस गरिसकेको छ ।