पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते

२०८० माघ ५, शुक्रबार ०९:३४ बजे

काठमाडौं : दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ख–१०३१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको हो । बस महाकाली नगरपालिका–५ किम्तडीस्थित फोहोर संकलन केन्द्र नजिकै सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अरु सामान्य घाइते रहेको र उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।