पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

फेसबुक मेसेन्जरमा कल र मेसेज सुरक्षित

२०८० मंसिर २२, शुक्रवार १८:२१ बजे

एजेन्सी : लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् ।
एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड टु एण्ड एन्क्रिप्टेड हुने बताएका छन् ।
यो अपडेटसँगै फेसबुक मेसेन्जर एप अब ह्वाट्सएप जस्तै सुरक्षाको मामिलामा सशक्त तथा सुरक्षित बनेको छ । फेसबुक मेसेन्जरकी प्रमुख लोरेडाना क्रिसनका अनुसार यस एन्क्रिप्सन पश्चात् मेटा वा कुनैपनि तेस्रो पक्ष एपहरुले प्रयोगकर्ताको मेसेन्जर कल वा मेसेज हेर्न पाउने छैनन् । यद्यपि यदि कुनै प्रयोगकर्ताले कुनै मेसेजका विषयमा उजुरी गर्यो भने यस्तो अवस्थामा भने कम्पनीले सो मेसेज हेर्न सक्दछ ।
स्मरण रहोस् फेसबुक मेसेन्जरमा सन् २०१६ देखि नै एनक्रिप्सन फिचर रहेको छ, तर यो डिफल्ट रुपमा आएको थिएन । अब नयाँ अपडेटसँगै यो डिफल्ट रुपमै एनक्रिप्टेड हुनेछ ।

एआई टुल इमेजिन समेत लञ्च
मेटाले हालैमात्र आफ्नो नयाँ एआई टुल इमेजिन समेत लञ्च गरेको छ । यसको सहयोगमा तपाईंले कुनै पनि फोटो वा ग्राफिक्स बनाउन सक्नुहुन्छ । त्यसका लागि तपााईले केवल टेक्स्ट लेख्नुपर्ने हुन्छ जसबाट यो टुललले तपाईंलाई तस्वीर बनाएर दिनेछ ।
मेटाको इमेजिन एउटा टेक्स्ट टु इमेज टुल हो । यसका अलावा इमेजिन एउटा स्टाण्डअलोन अर्थात् अलग्गै टुल पनि हो जसलाई छुट्टै नै प्रयोग गर्न सकिन्छ ।