पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

मेनुका सिमसारको नाममा हुने अनियमितता रोक्न पालीकासँग सूचनाको माग

२०८० श्रावण ४, बिहीबार १९:१९ बजे

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका कार्यालयसँग एक स्थानीले सुचनाको हक माग्दै निवेदन पेश गरेका छन् ।
बिहीबार चन्द्रपुर नगरपालिका वडा नम्बर–४ का स्थानिय तेज बिक्रम कार्कीले चन्द्रपुर नगरपालिका कार्यालयसँग सुचनाको हक बमोजिम सुचना उपलब्ध गराउन निवेदन पेश गरेका हुन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको मेनुका सिमसार प्राथामिक बिद्यालयमा शिक्षाको नाममा हुने भ्रष्टाचार रोक्न स्थानिक कार्कीले नगरपालिकासँग सुचनाको हक माग्न निवेदन पेश गरेको जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकाको कार्यालयलाई पेश गरिएको निवेदनमा नेपालको संविधानको धारा २७ मा प्रत्याभुत सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा अनुसार तपशिल बमोजिम सुचना उपलब्ध गराउन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीलाई सुचनाको हक माग्दै निवेदन पेश गरेर स्वीकृत एवं दर्ता गराईएको स्थानिय कार्कीले जानकारी दिएका छन् ।
सो निवेदनमा मेनुका सिमसार प्रा.वि मा भर्ना भएका विद्यार्थीहरुको सम्पुर्ण विवरणहरुको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरिएको छ । विगत ९ बर्षदेखि व्यवस्थापन समितीले विद्यालयमा भएको अभिभावक भेलाको निर्णय प्रमाणीत प्रतिलिपीको माग गरिएको छ ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिको माइन्युटको प्रमाणित प्रतिलिपीको माग गरिएको छ । सो विद्यालयमा ५ वर्ष देखिको चन्द्रपुर नगरपालीकाको कार्यालय मार्फत भौतीक निमार्ण लगायतका विषयहरुमा भुक्तानी भएको बजेटको कार्य विवरण सहितको प्रमाणित प्रतिलिपी सो निवेदनको चौथो बुँदामा उल्लेख गरिएको छ । विद्यालयको हालसम्मको परिक्षा प्रतिफलको विवरण प्रमाणित प्रतिलीपी उपलब्ध गराउन स्थानीय कार्कीले माग गरेका छन् ।
चन्द्रपुर नगरपालीकाको कार्यालयका शिक्षा शाखाले भने मेनुका सिमसार प्राथमिक विद्यालयले ३ कक्षा सम्म सञ्चालन गर्ने अधिकार भएपनि ५ कक्षा सम्म सञ्चालन गरेको भेटीएको छ । विद्यालय कोठे र कागजी सेटिङमा सञ्चालन रहेको नगरपालिकाले जानकारी दिएका छन् । यस नगरपालीकाबाट जाने सेवासुविधा समेत बन्द गरिएको नगर प्रमुख संजय कुमार काफ्लेले बताए । उनले यस विद्यालयले गरेको बदमासी बिरुद्ध नगरपालिकाले छानबिन गरी कार्वाही गर्ने बताए ।
मेनुका सिमसार प्राथमिक विद्यालय पुर्व मन्त्रीको राजनितिक आडमा सञ्चालन रहेको र कार्यकर्तालाई जागीर खुवाउने,राज्यकै बजेट वर्षौ देखि दोहन हुदा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नभएको स्थानीयहरु बताउछन् ।