पाठशाला न्यूज
 २०८१ जेष्ठ ९, बुधवार    

ब्राजिलमा बाढी र डुबान, २३ को मृत्यु, ५ हजार बिस्थापित

२०८० चैत्र १३, मङ्गलवार १९:२९ बजे

रियो दि जिनरियो- दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारणा ५ हजार भन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

एस्पिरिटो सान्तो र रियो दि जेनेरियो राज्यहरू भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका थिए । 

अविरल वर्षाका कारण बाढी र पहिरोका कारण राज्यका ५ हजारभन्दा बढी मानिसले घर छाड्नु परे पछि अस्थायी क्याम्पमा राखिएको छ ।