पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

अब युद्धको लागि तयारी हुने समय आएको छ - किम जोङ उन

२०८० चैत्र २९, बिहीवार १६:२५ बजे

तस्वीर: अप्रिल ११, २०२४ मा जारी गरिएको यो तस्वीरमा उत्तर कोरियाली नेता किम जोङ उन प्योङयाङको सैन्य विश्वविद्यालयको भ्रमण गर्दै [KCNA via AFP]

एजेन्सी- आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले बिहिबार जनाए अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले अब युद्धका लागि तयार रहनुपर्ने बेला आएको छ भनेका छन्। 

उत्तर कोरियाली नेता किम जोङ उनले देशको मुख्य सैन्य विश्वविद्यालयको भ्रमण गर्दा अहिले युद्धका लागि अझ बढी तयार हुने समय आएको बताएका छन्।

उनले आफ्नो टिप्पणी बुधबार प्रतिद्वन्द्वी दक्षिण कोरियाको संसदीय चुनावको दिनमा गरेका हुन्। जसमा सत्तारुढ दलले ठूलो हार व्यहोरेको थियो ।

"अब युद्धको लागि पहिले भन्दा धेरै राम्ररी तयार हुने समय आएको छ," उत्तर कोरियाली नेताले किम जोङ इल युनिभर्सिटी अफ मिलिटरी एन्ड पोलिटिक्समा वरपरको "अनिश्चित र अस्थिर सैन्य र राजनीतिक अवस्था" लाई उद्धृत गर्दै भने।

मार्चमा, किमले देशको पश्चिममा प्रमुख सैन्य अपरेसन बेसमा सेनाको निरीक्षण गरेपछि युद्धको तयारीलाई तीव्र पार्न आदेश दिएका थिए।

उनले सफलतापुर्वक जित हासिल गर्न उत्तर कोरियाले सम्भावित युद्धको लागि थप दृढतापूर्वक र पूर्ण रूपमा तयार हुनुपर्छ भनेका छन्।

सन् २०२२ मा दक्षिण कोरियाली राष्ट्रपति यून सुक-योलको चुनाव पछि उत्तरले दक्षिणलाई आफ्नो "मुख्य शत्रु" घोषणा गरेका थिए यस लगत्तै दुई कोरियाबीच तनाव झनै बढ्दै गएको छ । 

उत्तर कोरियाले हालैका महिनाहरूमा दक्षिण कोरिया र यसको सहयोगी संयुक्त राज्य अमेरिका बिरुद्ध युद्धाभ्यास गरि अधिक तीव्रताका साथ सैन्य अभ्यासहरू सञ्चालन गरेर सैन्य तनावलाई थप उक्साइरहेको भनिएका आरोपहरूलाई थप पुष्टि गरेको छ।