पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

राष्ट्रपति पौडेल फ्रान्स र जर्मनी जाने

२०८० कार्तिक ३, शुक्रवार २१:२३ बजे

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् । कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौं पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने उनको सचिवालयले जनाएको छ ।
पौडेल कात्तिक २२ गते त्यसतर्फ जाने छन् । पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरु सहभागी हुने छन ।
त्यही क्रममा राष्ट्रपति जर्मनी पनि जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।