पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

सशस्त्रले बरामद गर्यो ७ लाख ५५ हजार बराबरको अवैध समान

२०८० चैत्र २१, बुधबार २१:१९ बजे

रौतहट- रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा ईलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरु सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ ।    

बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।