पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

ललितपुरका नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ

२०८० माघ १०, बुधबार ०७:५० बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ ।
आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।
तीनै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।