पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

नलकटुवा पेस्तोल सहित २ जना प्रहरी नियन्त्रणमा

२०८० फाल्गुन १०, बिहीबार २१:०५ बजे

जलेशवर सरार्फ
पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले चेकजाँचको क्रममा हतियारसहित २ जनालाई पक्राउ गरेको छ ।
बिहिवार पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर–९ स्थित सडकमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक थान नलकटुवा पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा ना. १२ प ४९७१ नम्बरको मोटरसाइकलबाट नलकटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बस्ने ४३ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका वडा नम्बर ९ स्ने ३७ वर्षीय शिवपुजन मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले पाठशाला न्युजलाई जानकारी दिएका छन् । उनले पक्राउ परेका २ जना माथि प्रहरीले थप अनुसन्धान थालेको बताएका छन् ।