पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

इयु राष्ट्रबाट शरणार्थी फर्काउन मिल्ने गरी बनाइयो नयाँ कानुन

२०८० चैत्र २९, बिहीवार ०७:३४ बजे

ब्रसेल्स-  युरोपेली संसदले ईयूको आप्रवासन र शरणसम्बन्धी नियममा ठूलो सुधार गरेको छ ।  

लामो छलफल र बार्ता पछि इयुले शरण र आप्रवासन सन्धिका बारेमा २०१५ देखि सुरू गरेको छलफल टुंग्याउँदै नयाँ सुधार अनुमोदन गरेको हो । जुन यो दुई वर्षमा लागू हुनेछ।  

शरण प्रक्रियालाई गति दिन र अनियमित आप्रवासीहरूलाई स्वदेशमा फर्काउनको लागि नयाँ नियम बनाएको हो । जुन नयाँ नियमले इयु सदस्य राष्ट्रहरूलाई शरणार्थीहरूको लागि जिम्मेवारी बाँड्न पनि सजिलो हुनेछ ।  

गत वर्षहरूमा लगभग ३ लाख ६० हजार मानिसले गैरकानूनी रूपमा इयुको सिमानामा प्रवेश गरेका थिए, जुन जुन २०१६ यताको उच्च संख्या हो।   माइग्रेसन सम्झौतालाई दुई मुख्य राजनीतिक समूह युरोपेली पीपुल्स पार्टी (ईपीपी) र प्रगतिशील गठबन्धन समाजवादी र एस एन्ड डिले समर्थन गरेका छन् ।   युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले भने कि यसबाट एकता र जिम्मेवारी बीचको सन्तुलन हुुने भएकाे छ ।   यद्यपि, वामपन्थी र अति दक्षिणपन्थी समूहहरूले सम्झौताको विरोध गरेका छन् । साथै, धेरै गैरसरकारी संस्थाहरूले पनि याे सुधारलाई अस्वीकार गरेका छन् ।एम्नेस्टी इन्टरनेशनलले चेतावनी दिदै भने, इयु राष्ट्रमा लागु हुने नयाँ नियमले शरणार्थीहरूको लागि थप पीडा दिनेछ ।