पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछिपरेको हो : प्रभु साह

२०८० फाल्गुन ४, शुक्रबार १८:४३ बजे

रौतहट-  पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले असक्षम फिरंगी नेताहरू नेतृत्वमा पुग्दा पनि रौतहट समग्र विकासमा पछाडी परेको टिप्पणी गरेका छन्। सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुको नेत्रीवकै कारण जिल्ला पछी परेको उनले टिप्पणी गरेका हुन्। 

गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था हटाउन पार्टी द्वारा आयोजित बृहत्त भेलालाई  सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए। २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन, 

 राजतन्त्र बिरुद्दको  आन्दोलनमा समेत रौतहटको भुमिका महत्वपु्ण तथा अग्रणी रहेको भन्दै जिल्लाबासीको सराहना गरेका थिए।

तर पछिल्लो समय  केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण पनी जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भईरहेको अध्यक्ष साहले दुःख व्यक्त गरेका थिए।

उनले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रति आक्रोस व्यक्त गर्दै देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडी पर्नु फिरंगीपन को पहिचान भएको बताए।

पूर्वकाल देखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल, मधेशबादिको नाउँ बेचेर मधेश लुट्ने उपेन्द्र यादव रहेको उनको दाबी छ।

'संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सता चलाएको छ अहिले पनि तर यत्रो बर्षमा मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिन्छ,' उनले भने।

नेता नेपाल र  यादव सधैं सत्ता कुर्सीको लागी देश जनताको साथ गद्दारी गर्दै आएको आरोप लगाएका थिए।

इनकै कारणले मधेशमा बेरोजगारी गरिबी समेत बढेको बताउँदै नेता साहले ईनीहरुलाई मधेशी जनताले लखेट्नु पर्ने बताएका थिए।

गौर हत्याकाण्डमा अहिले सम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाएका थिए।

यस अघि प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्ड बारे चासो लिँदा केही दलका नेताहरुले सरकार छोड्ने धम्की दिएको सम्झना गरेका थिए।

कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए।