पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

नेकपा एमाले र नेपाली कांग्रेस बीच नयाँ सरकार बनाउने सहमति

२०८१ आषाढ १८, मङ्गलवार ०१:०२ बजे

तस्विर: फाईल तस्बिर 

काठमाडौं- सोमवार राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ ।

स्रोतका अनुसार ललितपुरको एक होटलमा दुवै दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका र सोमवार राति नै सहमति पत्रमा हस्ताक्षर गर्ने बताएका छन्। 

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र डेढ बर्ष पछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ । सहमति अनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने समझदारी भएको पनि स्रोतले जनाएको छ। 

यससँगै निम्न कुराहरूमा माथि पनि सहमतिका लागि छलफल भइरहेको स्रोतले जनाएको छ।

 

-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने,

-मधेश प्रदेश मधेशवादी दललाई दिने,

-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति,

- स्थानीय तहको संख्या घटाउने 

 

साथै दुई दलबीच पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।