पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

सर्लाहीको सदरमुकाम मंलगवामा कर्फ्यु

२०८० भाद्र २४, आइतवार १०:१८ बजे

सर्लाही–सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको हो ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शनिवार बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज आईतवार साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि सोमवार बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो शनिवार बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।

सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिनुभयो । यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज आईतवार दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।