पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेपाल सरकारको सार्वजनिक ऋण ४९ अर्ब २३ करोड

२०८० आश्विन १०, बुधवार १७:१४ बजे

काठमाडौं–आर्थिक बर्ष २०८०\२०८१ को पहिलो २ महिनामै नेपाल सरकारको सार्वजनिक ऋण ४९ अर्ब २३ करोडले बढेको छ । जसअनुसार नेपालको सर्वजनिक ऋण २३ खर्ब रुपैयाँभन्दा माथि लागेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७९\०८० को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड माथि थियो । चालु आर्थिक वर्षका २ महिना (साउन र भदौ)सम्म यस्तो ऋण बढेर २३ खर्ब १० अर्ब माथि पुगेको हो ।
सरकारले यसबीचमा ३८ अर्ब ७१ करोड ऋण भुक्तान पनि गरेको छ । नयाँ लिएको ऋण र भुक्तान गरेको ऋणको फरकलाई हेर्ने हो भने नेपालले थप ११ अर्बको भार बढाएको छ ।
कुल २३ खर्ब माथिको ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ४० अर्ब रहेको छ भने बाह्य ऋण ११ खर्ब ६९ करोड रहेको छ । सरकारले थपेको नयाँ ऋणमध्ये ४४ अर्ब आन्तरिक र करिब ४ अर्ब ९७ करोड बाह्य ऋण हो। सरकारले साउनमा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड आन्तरिक ऋण उठाएको थियो ।
भुक्तानी गरेको ३८ अर्बमध्ये ३२ अर्ब ८३ करोड आन्तरिक ऋण र बाँकी बाह्य ऋण फिर्ता गरिएको हो ।