पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

काठमाण्डौमा डिएसपी भनेर धम्क्याउने श्रेष्ठ पक्राउ

२०८० फाल्गुण ७, सोमवार ०८:३२ बजे

जलेश्वर सर्राफ
वीरगन्ज : काठमाडौंको लाजिम्पाटमा एकजना मधेशी युवालाई त्रासमय बनाउदै धम्क्याएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।
शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा बिरगंजका स्थाई बासिन्दा अन्कित गुप्ता लाई एक व्यक्तिले आफू प्रहरीको डीएसपी हूँ भन्दै अश्लिल शब्दको प्रयोग गर्दै गालीगलोज गरेका थिए । तर, धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरी वृतले जनाएको छ ।
दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् । पक्राउ पर्ने ती पुरूष कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।
दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । वीरगञ्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए मधेसीहरु माथी यस्ता किसिमको दुव्र्यवहार काठमाडौंमा हुन नौलो त होईन यद्यपि अहिले अलिक कम भएको छ ।