पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

आज रामनवमी मनाइँदै

२०८१ बैशाख ५, बुधबार ०६:३४ बजे

काठमाडौं- आज देशभर हिन्दु धर्मावलम्बीहरुले रामनवमी पर्व मनाउँदैछन्।

हिन्दु धर्मावलम्बीहरुले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । आक भगवान रामको  जन्मदिन भएकाले यो पर्व हिन्दु धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।