पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२०८० फाल्गुण २३, बुधवार ०९:३० बजे

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए । प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको हो ।

“हामी वेट एन्ड सी मै छौँ । घटनाक्रम हेर्दै छौँ गुण र दोषको आधारमा समर्थन वा विरोध गर्छौं । भोलि निर्णय हुन्छ,” श्रेष्ठले भनेका थिए । यसैबीच, मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितको बैठकमा एकीकृत समाजवादी सरकारमा जान सकारात्मक रहेको जनाएको थियो । यसबारे समाजवादीको आजको बैठकले निर्णय गर्नेछ ।