पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

मौसम : देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

२०८१ वैशाख २१, शुक्रवार ०७:३० बजे

काठमाडौं : नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ ।
यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।