पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

२०८० मंसिर २२, शुक्रबार १७:३४ बजे

काठमाडौं : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । बिहीबार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ ।
यस्तो निर्णयपछि अब २०८१ वैशाखसम्म भारतीय नीतिको असर नेपाली बजारमा पर्नेछ । प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो ।
यसअघि अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो ।