पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

लुम्बिनीमा माओवादीका दुइ मन्त्री बर्खास्त

२०८० फाल्गुण २३, बुधवार १४:०० बजे

दाङ : लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन ।
जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बरखास्त गरेका हुन् ।
केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।