पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

गाजामा इन्धन अभावले संयुक्त राष्ट्रसंघका गतिविधि बन्द हुने

२०८० कार्तिक २८, मङ्गलवार १७:३० बजे

एजेन्सी : प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीले सोमबार बताए अनुसार इजरायल र हमासबीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिनभित्र बन्द हुने चेतावनी दिएको छ ।
“गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिनेछ किनकि कुनै इन्धन गाजामा प्रवेश गर्न अनुमति छैन,” एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले ट्विटरमा लेखेका छन् ।
इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको छ ।