पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

विश्वकप क्रिकेट २०२३: भारतको लगातार दोस्रो जित, अफगानिस्तानको लज्जास्पद हार

२०८० आश्विन २४, बुधवार २१:४९ बजे

दिल्ली/भारत- दिल्लीको अरुण जेटली क्रिकेट स्टेडियममा भएको खेलमा भारतीय टोलीले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै विश्वकप (ओडीआई विश्वकप-२०२३) मा लगातार दोस्रो जित दर्ता गरेको छ। 

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनाएको थियो । टोलीले यो लक्ष्य ३५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिदीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। भारतका लागि कप्तान रोहित शर्माले १ सय ३१ रनको इनिङ खेले । विराट कोहलीले अविजित ५५ रन जोडे । इशान किशनले ४७ रनको योगदान दिएका थिए ।