पाठशाला न्यूज
 २०८१ बैशाख ३०, आईतबार    

सिराहामा २९.६ मिलिमिटर वर्षा

२०८० चैत्र ७, बुधबार ०७:५९ बजे

काठमाडौं : पछिल्लो तीन घण्टामा मधेशको सिराहास्थित मिर्चैयामा २९.६ मिलिमिटर वर्षा भएको छ । मधेशका अन्य स्थानमा २ देखि ५ मिलिमिटर पानी परेको छ ।
बागमती प्रदेशमा दिउँसो बदली र हुस्सुसँगै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थायीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आगामी शुक्रबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
काठमाडौं उपत्यकाको मौसम दिनैभर धुम्मिइरहने सम्भावना छ । काठमाडौंको न्यूनतम तापक्रम भने ह्वात्तै बढेको छ । मौसमवद् झाका अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ ।
दिउँसो अधिकतम तापक्रम घट्ने सम्भावना रहेको उनले बताए । यसअघि २९ डिग्री सेल्सियससम्म पुगेको अधिकतम तापक्रम आज २० डिग्री सेल्सियसम्म ओर्लिनसक्ने अनुमान गरिएको छ ।