पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

थुनामा पठाउन आदेश दिइएका बम्जनलाई महोत्तरी कारागार लगियो

२०८० पौष २७, शुक्रबार ०७:३९ बजे

काठमाडौं : बाल यौन दुराचार तथा मान्छे बेपत्ता आरोपमा थुनामा पठाउन आदेश दिइएका तपस्वी रामबहादुर बम्जनलाई महोत्तरी कारागार लगिएको छ ।
बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागार महोत्तरी लगिएको हो ।
सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो । रेग्मीको इजलासमा उनीसहित तीन जनाको मुद्दाको सुनुवाइ भएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
बुधबार मध्यराति उनलाई सर्लाही पुर्याइएको थियो । सर्लाही पुर्याइएका उनलाई  (बिहीबार) अदालतमा पेस गरिएको थियो । बाल यौन दुराचारको आरोप लागेका बम्जनको बयानपछि थुनछेक बहस भएको थियो ।