पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गरौँ : अध्यक्ष भट्टराई

२०८० चैत्र ७, बुधवार १७:५८ बजे

फाईल तस्वीर

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।
उनले त्यसका लागि जनलोकपाल बनाएर सम्पत्ति छानबिनको आवश्यक रहेको बताएका हुन् । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
“चुनावदेखि चुनावसम्मका लागिमात्रै होइन, जनताका समस्या समाधान गर्न सक्ने खालको पार्टी आवश्यक छ,” उनले भने, “त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक छ ।”
उनले कांग्रेस सरकारमा हुँदा कम्युनिष्ट भ्रष्टाचारी, कम्युनिष्ट हुँदा कांग्रेस भ्रष्टाचारी हुने खालका कामले नहुने बताए । “पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँ, जनलोकपाल बनाऔँ,” उनले भने,“त्यसो गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ । आफू सत्तामा आउँदा आफ्नालाई ढाकछोप गर्ने नभएको बेला कराउनेमात्रै हुन्छ ।”