पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

चन्द्रपुर सुनचांदी व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न

२०७९ फाल्गुन १, सोमबार १२:२८ बजे

चन्द्रनिगाहपुर–चन्द्रपुर सुनचांदी व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
आईतबार चन्द्रनिगाहपुरको होटल ए एन प्लाजामा एक कार्याक्रमको आयोजना गरी चन्द्रपुर सुन चांदी व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न भएको हो ।
सो साधारण सभाको समुद्घाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य माननिय देव प्रसाद तिमल्सिनाले सुनचांदी व्यवसायीहरुको हकहितमा आफु सदैव सक्रिय रहने बताए । सुनचांदी व्यावसायको सुरक्षा र खरिदबिक्री प्रक्रिया लाई प्रभाबकारि बनाउन नीतिगत समस्याको हल गराउन आफु लागिपर्ने बताए । तेसैगरी सो सभा लाई सम्बोधन गर्नुहुदै प्रदेश सभा सदस्य युबराज भट्टराई (समिर)ले सुनचांदी खरिद प्रक्रियाको एकाधिकार तोडिन जरुरी रहेको बताए । सुनचांदी व्यवसायले रोजगारी मात्र सिर्जना गर्ने नभई मानवको आबश्यक्ता पुर्ती गराउदै आएको बताए । तेसैगरी सो सभा लाई सम्बोधन गर्नुहुदै नेपाल सुनचांदी व्यवसाय महासंघका केन्द्रीय सदस्य प्रकाश गहतराजले सुनचादी व्यवसायीहरुलाई सुरक्षाको दृष्टिकोणले प्रशासनले सहयोग गनुपर्ने बताए । उनले बेलाबेलामा रौतहट लगायत देशभर सुनचांदी पसल लुटिदै आएको समस्यालाई प्रशासनले हेर्नुपर्नेमा जोडदिए । राज्यले देशभरका सुनचादी व्यवसायीहरुलाई आवश्यक्ता अनुसार सुनचादी उपलब्ध गराउन समेत आग्रह गरे । सो कार्यक्रममा नेपाल सुनचांदी व्यवसाय महासंघका बरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, रामजी साह,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख झरेन्द्र चापागाई ,चन्द्रपुर सिटी जेसिसकका अध्यक्ष चिरन्जिबी गौतम, संचारकर्मी सञ्जय कार्की,चन्द्रोदय साकोसका उपाध्यक्ष रामशरण गौतम लगायतले शुभकामना दिएका थिए । चन्द्रपुर सुनचांदी व्यवसायी संघका अध्यक्ष प्रल्हाद रामदामको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन श्यामहरी चौलागाईले गरेका थिए ।