पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

चन्द्रपुरमा १६ जना मात्र उतिर्ण रहेका श्री मा.वि जुडिबेलाको बिद्यार्थी उतिर्ण सङ्ख्या कसरी ५६ पुग्यो?

२०८१ बैशाख १५, शनिबार ०७:३९ बजे

रौतहट-चन्द्रपुर नगरपालिकाले गत शैक्षिक सत्र अन्तर्गतको कक्षा ८ को परिक्षाफल प्रकाशित गर्दा चरम लापरवाही गरेको छ। 

तिन वटा भन्दा बढी अधिकांश पाँच वटा बिषयमा बिद्यार्थीहरु अनुतिर्ण रहेका श्री मा.वि जुडिबेलाको उत्तर पुस्तिकामा अनुतिर्ण प्राप्ताङ्क हुँदा हुँदै तिनिहरुलाई उतिर्ण गर्न बिद्यालय स्तर एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली (आईइएमआईएस) मा नगर शिक्षा समितिसँगको मिलेमतोमा नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलको निर्देशनमा मनलाग्दी प्राप्ताङ्क दाखिला गरि बिद्यार्थीहरुलाई उत्तिर्ण देखाइएको छ।

कुल ६० जना परिक्षार्थी रहेका श्री मा.वि जुडिबेलाको यस पटकको वास्तविक विद्यार्थी उत्तिर्ण सङ्ख्या १६ जना भएको स्रोतले पुष्टि गरेको छ। ४४ जना अनुत्तीर्ण बिद्यार्थीहरुलाई अनुचित ढङ्गले उनिहरुको भविष्यलाई नै अन्धकारमा धकेल्दै जबर्जस्ती उत्तिर्ण किन गराइयो भन्ने कुरा अत्यन्तै शंकास्पद देखिएको छ।

यस सन्दर्भमा केहि अप्ठ्यारो परेमा आफु जोगिन बिद्यालयका प्रधानाध्यापकहरुलाई गैर कानुनी रुपमा कागज गराइ हस्ताक्षर गराइएको कुरा समेत स्रोतले बताएको छ।

पाँच वटा बिषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरु उत्तिर्ण गराइनु भित्रको रहस्य आर्थिक चलखेल र राजनैतिक दबाब भन्दा बाहिर देखिदैन भन्दै नगरको शिक्षा क्षेत्रलाई तहसनहस गर्न शैक्षिक माफियाहरु लागि परेको स्रोतले बताएकाछन्।