पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

राष्ट्रिय आविष्कारका अध्यक्ष महावीर पुनले राखे मेडल लिलामीमा

२०८० श्रावण १७, बुधवार १६:४२ बजे

विरगंज–राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् ।
पुनले विरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेको बताइएको छ ।
उधमी आलोक आलोक सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन्।
लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जाने र सो रकमलाई विरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने पनि उनले जानकारी दिएका छन् ।
नेपाल सरकारले कृषि कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्नका लागि पहिलो पटक अनुदान दिने भने पनि अहिले आएर ऋण दिने भनेको पनि उनले उल्लेख गरेका छन् ।