पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

विद्यार्थी कुटेको आरोपमा शिक्षक यादव पक्राउ

२०८० पौष २४, मंगलबार २१:१७ बजे

जलेश्वर साह

वीरगंज : वीरगन्जको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिकाको वडा नं। १९ स्थित गोल्डेन ग्लोब इङ्लिस बोर्डिङ्ग स्कुलका शिक्षक शशी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शिक्षक यादवको कुटपिटबाट उक्त विद्यालयको कक्षा ३ मा अध्ययनरत विद्यार्थी प्रितम साह घाइते भएका छन् । घाइते साहको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा र शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको छ । बिरामी भएर बिद्यालयमा दुई दिन अनुपस्थित भएका बालक लाई कुटपिट गर्नु न्यायोचित नभएको बालकको अभिभावक मुकेश साहले बताएका छन्।

घाइते बालक प्रीतम साहले भने “म विद्यालयमा बिरामी भएर दुई दिन अनुपस्थित थिए । सरले विद्यालयमा किन नआएको भन्दै क्लासमा लाग्ने चौथो घण्टीमा प्लास्टिकको पाइपले जोड जोडले हान्नु भयो ।” शिक्षक यादवको कुटपिटबाट दिउँसो १ बजे घाइते भएका प्रितम साह बेलुका ४ बजे घर पुगेपछि मात्र घटना बारे थाहा भएको घाइते अभिभावक मुकेश साहले बताए । तत्त्कालै घाइते विद्यार्थीको उपचार गराउन नारायणी अस्पताल पुगेका उनले कुटपिट गर्ने शिक्षक र विद्यालय बिरुद्ध प्रहरीमा उजुरी दिने बताएका थिए।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक शशी यादव हाल प्रहरीको नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका प्रहरी सहायक निरिक्षक ९असई० रामबाबु गुप्ताले वताए । शिक्षक यादवलाई प्रहरी पोष्ट बिन्दवासिनीको नियन्त्रणमा राखेर घटना बारे अनुसन्धान भइरहेको असई गुप्ताले जानकारी दिएका छन् ।