पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

टिफरमा लोड गरिएको काठ सहित एकजना प्रहरी नियन्त्रणमा

२०८१ वैशाख १६, आइतवार १४:२३ बजे

मकवानपुर- मकवानपुर प्रहरीले टिफरमा लोड गरिएको काठ सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आइतवार बिहान प्रहरी चौकी शिवराईगाँउ फापरबारीबाट प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बागमती गाउपालिकापा। वडा नं। २ स्थित भुर्कुस टोलमा बा।५ ख ५४०० नम्बरको टिप्परबाट १८७ पिस ९२१७।४२ क्यू। फिट० चिरान सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

टिफरमा काठ लोड गर्दै गरेको अवस्थामा टिफर चालक गढी गाउपालिका वडा नं। २ का २५ बर्षका आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको उपरीक्षक रिजालले बताए । बरामद चिरान काठ, टिप्पर सहित निज आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय मकवानपुरमा बुझाईएको रिजालले बताए ।