पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

२०८० चैत्र १३, मंगलबार १७:२१ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारले सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ विगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी सजाय माग दाबी गरेको छ ।

त्यस्तै देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै विगो कायम गरेर कैद सजायको माग अख्तियारले गरेको छ ।