पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

‘जवान’ को बजेट ३ सय करोड,अमेरिकामा अग्रिम बुकिङ

२०८० भाद्र ८, शुक्रवार १८:२३ बजे

काठमाडौं–फिल्म ‘पठान’को उत्कृष्ट सफलतापछि अभिनेता शाहरुखानको ‘जवान’ फिल्म आउँदैछ ।
एट्लीको निर्देशनमा बनेको यो फिल्म सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । ‘पठान’ बाट शाहरुखले करिब पाँच वर्षपछि ठूलो पर्दामा कमब्याक गरेका हुन् ।
फिल्मले भारतमा ५ सय ४३ करोड रुपैयाँ र विश्वव्यापी रूप बहजार ५० करोड रुपैयाँको कुल कलेक्सन गरेको थियो ।
‘जवान’ रिलिज हुनुअघि नै फिल्मले अमेरिकामा अग्रिम बुकिङ गरिसकेको छ । तर, भारतमा अग्रिम बुकिङ सुरु भएको छैन । अमेरिकाका ३ सय ६७ स्थानमा फिल्मको अग्रिम बुकिङ सुरु भइसकेको छ । उद्घाटनको दिनदेखि नै करिब १६ सय शो प्रर्दशन हुने तालिका छ ।
अगस्ट २४ गते बिहानसम्म अमेरिकामा उद्घाटन दिनका लागि करिब ९७ सय टिकट बुकिङ भइसकेकाले कुल बक्स सङ्कलन अनुमान १.२ करोड रुपैयाँ पुगेको छ। फिल्म रिलिज हुन अझै १३ दिन बाँकी रहेकाले निर्माण पक्ष पूर्ण तयारीमा जुटेका छन्। हिन्दीका लागि करिब ९२ सय, तेलुगुका लागि ३६० र तमिलका लागि २०० टिकट बिक्री भइसकेको छ । ‘जवान’ को बजेट ३ सय करोड छ ।
शाहरुख खान ‘जवान’ मा दोहोरो भूमिकामा देखिनेछन् । उनी बाबु छोराको भूमिकामा छन् । जसमध्ये बाबु क्याप्टेन छन् भने छोरा प्रहरी हुन् ।
फिल्ममा शाहरुख खान बाहके नयनतारा र विजय सेतुपति पनि मुख्य भूमिकामा छन् ।
यसबाहेक सान्या मल्होत्रा, प्रियमणी, सुनिल ग्रोवर पनि कलाकारमा छन् । ‘जवान’ मा दीपिका पादुकोण, थालापथी विजय र सञ्जय दत्तको क्यामियो रोल रहेको छ ।