पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

सर्लाहीमा ग्यास सिलिन्डर पड्किँदा ६ कोठे पक्की घर पूर्ण रूपले क्षतिग्रस्त

२०८० माघ १२, शुक्रबार १८:५७ बजे

सर्लाही- सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास पड्किएको छ। सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठामा क्षति पुगेको छ।

स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ। सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ।

ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचर समेतमा क्षति पुगेको छ।