पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

गिरिबन्धु टि–स्टेटसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा,अर्को पेसी माघ १० गतेलाई

२०८० माघ ४, बिहीवार २१:०६ बजे

काठमाडौं : गिरीबन्धु टि–स्टेटसम्बन्धी मुद्दा सर्वोच्च अदालतको आजको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको छ । यसको अर्को पेसी माघ १० गतेलाई तोकिएको छ ।
झापाको गिरीबन्धु टि–स्टेटको जग्गा निजीकरण गरेर अन्यत्रको जग्गा क्षतिपूर्ति दिन मिल्ने गरी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ऐन नै संशोधन गरेपछि अधिवक्ताहरू ओमप्रकाश अर्याल तथा ओमप्रकाश मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए ।
ओली सरकारकै समयमा गरिएको उक्त निर्णयअनुसार गिरीबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा गर्न लागेको चाल पाएपछि करोडौँको जग्गासँग कौडीको भाउमा नबिक्ने जग्गा साटेर भू–माफियालाई पोस्ने काम भएको भन्दै रोक्न माग गरेर रिट परेका थिए ।
उक्त रिटमा अन्य क्षेत्रमा पनि औद्योगिक प्रतिष्ठानको जग्गा त्यसरी नै सट्टापट्टा गर्ने बाटो बन्द गर्न माग गरिएको छ । २०७८ भदौ ५ मा परेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।