पाठशाला न्यूज
 २०८१ बैशाख ३०, आईतबार    

मन्त्रीबारे टुंगो लगाउन जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

२०८० फाल्गुन २४, बिहीबार ०८:२९ बजे

काठमाडौं : सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ८ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ । तर मधेश प्रदेश सरकारको निरन्तरतालगायत विषयमा आश्वस्त हुन नसक्दा उसले बुधबार मन्त्री पठाएन ।