पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

महामन्त्री गगनकुमार थापाले सांगठानिक प्रस्तावमा शिक्षक र सरकारी कर्मचारीलाई कांग्रेस सदस्यता नदिने प्रस्ताव पेस गरे

२०८० फाल्गुन ४, शुक्रबार १९:१९ बजे

दिपु मिश्र 

काठमाडौं-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांगठानिक प्रस्तावमा शिक्षक र सरकारी कर्मचारीलाई कांग्रेस सदस्यता नदिने प्रस्ताव पेस गरेकाछन्। 

महामन्त्री थापाले ‘प्रचलित कानुनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारी लगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरतामा ठूलो अलमल छ, अब यस्तै अलमललाई निरन्तरता दिने कि बदल्ने?,’ भनि ‘सम्बन्धित पेशामा संलग्न व्यक्तिहरूलाई पार्टी सदस्यता प्रदान नगर्ने।’ लगायतका कुरा महामन्त्री थापाले सांगठानिक प्रस्तावमा उल्लेख गरेका छन् ।

बिहीबारदेखि सानेपामा सुरू केन्द्रीय समितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।

कांग्रेसमा अहिले शुभेच्छुक संस्थाका रूपमा नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी युनियन छ।