पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

दीपक–दीपाले ‘वडा नम्बर ६’को सिक्वेल बनाउने

२०८० भाद्र ८, शुक्रवार १७:३७ बजे

काठमाण्डौ–चलचित्र वडा नम्बर ६ का निर्माताद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले सिक्वेल(दोस्रो पार्ट) बनाउने तयारी गरेको छ ।
मिडियासँग कुरा गर्दै दीपकले हाल पटकथा लेखनमा रहेको बताएका छन् । उनले हाल तीनवटा चलचित्रको एकसाथ काम भईरहेको र त्यसमा एउटा सिक्वेल रहेको बताएका छन् । यसअघि उनीहरूले ‘वडा नम्बर ६’ जस्तै चलचित्र बनाउने खबर आएको थियो । उक्त खबरको पुष्टी गर्दै गिरीले सोही शैलीमा नै सिक्वेल बनाउने बताएका हुन् ।
‘वड नम्बर६’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका थिए भने सिक्वेललाई दीपाश्रीले निर्देशन गर्ने तयारीमा रहेको बुझिएको छ । चलचित्र २०७२ सालमा रिलिज भएको थियो ।