पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

रौतहटमा अवैध भारतीय कुखुरा नष्ट

२०८० आश्विन २९, सोमवार २०:२७ बजे

रौतहट : रौतहटको परोहा नगरपालिकास्थित नरकटिया नाकाबाट नेपाल भित्र्याइएको भारतीय कुखुरा सशस्त्र प्रहरीले नष्ट गरेको छ । पर्वको मौका छोपी भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीको बीओपी सरमुजवाबाट गस्तीमा गएको टोलीले दुईवटा साइकलमा राखेर भारतबाट ल्याउँदै गरेका ३४ वटा ब्रोइलर कुखुरा आइतबार साँझ बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देखेपछि कुखुरा व्यापारी फरार भएका थिए । बरामद भएको कुखुरा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म गौरनजिक खाडल खनेर गाडिएको सशस्त्र प्रहरीका एसपी माधव रेग्मीले जानकारी दिए ।
त्यतै दुई दिनअघि पनि सशस्त्र प्रहरीले गौर नगरपालिका–५,स्थित भारतबाट अवैध रूपमा भन्सार छलेर नम्बर नखुलेको मोटरसाइकलमा ल्याउँदै गरेको दुई बोरा तोरी बरामद गरेको थियो ।