पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

राष्ट्रियसभामा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन पेस

२०८० चैत्र ७, बुधबार १३:१० बजे

काठमाडौं : राष्ट्रियसभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गरिएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि पेस गरेका हुन् ।
प्रतिवेदन प्रस्तुत गर्दै उनले श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा रहेको बताए । उनले सगरमाथा प्रदूषण नियन्त्रण समितिको भूमिकालाई प्रवर्द्धन नगरी विश्वमा ताजा र नेपालको शानको रूपमा रहेको सगरमाथाको सफाइमा विशेष ध्यान दिनुपर्ने, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी प्रभावकारी नीतिको अवलम्वन गर्नुपर्ने आवश्यकता औंल्याए ।
मानव र वन्यजन्तु द्वन्द्वको कारण सिर्जित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्ने उनको भनाइ छ । संरक्षित क्षेत्रहरूमा एकीकृत सूचना प्रणाली लागु गर्न, मध्यवर्ती र कोर एरियाबीचको स्पष्ट सीमा निर्धारण हुनुपर्ने, संरक्षित क्षेत्रको सीमांकन जीपीएसका आधारमा निर्धारण गर्नुपर्ने उनले बताए ।