पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

भारतको छत्तीसगढमा प्रहरी मुठभेडमा २९ माओवादी मारिए

२०८१ बैशाख ५, बुधबार ०७:३१ बजे

एजेन्सी- मंगलबार दिउँसो माओवादी प्रभावित छत्तीसगढको काङ्केरमा भएको भिडन्तमा प्रहरीले २९ माओवादी मारिएको दाबी गरेको छ ।

उक्त क्षेत्रमा शंकास्पद माओवादीसँग भिडन्त भएको र भिडन्तपछि मुठभेड स्थलबाट २९ माओवादीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मुठभेडको यो घटना बस्तरमा अप्रिल १९ मा लोकसभाका लागि मतदान हुन लागेका बेला माओवादीले चुनाव बहिष्कार गर्न अपिल गरेको बेला भएको हो