पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

बि.स.२०८० साल,पौष ०९ गते सोमवार को राशिफल

२०८० पौष ९, सोमवार ०९:२९ बजे

बि.स.२०८० साल,पौष ०९ गते सोमवार,२५ डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष चतुर्दशी तिथि । रोहिणी नक्षत्र । चन्द्रराशि वृष ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुने समय छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । काममा हस्तक्षेप गर्नेहरूमाथि प्रतिकारमा उत्रनुपर्ने स्थिति आउन सक्छ । बलपूर्वक प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन् । स्वास्थ्य र यात्राका लागि केही रकम खर्चनुपर्ने देखिन्छ । आंशिक प्रतिफल प्राप्त भए पनि हडबडमा गरिएको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्ने समय छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । प्रयत्न गर्दा सरसापटमा गएको रकम भने फिर्ता लिन सकिनेछ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही विवादास्पद कामको आक्षेप लागे पनि पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । समाजमा विरोध गर्नेहरूबाट सजग रहनुहोला । नोकरी र व्यवसायमा विशेष फाइदा हुने समय छ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ । दिगो कामको जग बसाउन सकिनेछ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा हातहाल्दा अरूले फसाउन सक्छन् । मिहिनेत परे पनि कामको उपलब्धि हातपार्न केही समय लाग्न सक्छ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर मिले पनि प्रतिद्वन्द्वीको भयले सताउन सक्छ । केही काम बने पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । निकै दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा केही रकम खर्च हुने सम्भावना छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला । हुलमुलमा जाँदा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । गुरुजनको साथ–सहयोग जुट्नेछ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला । बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । केही काम बने पनि छिद्र खोतल्नेहरूले सताउनेछन् । साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था पनि आउन सक्छ । 

(राशिफलले जे–जस्तो भनेपनी तपाईहरुको दिन शुभ रहोस्)