पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

आज देशभर आकस्मिकबाहेकका सम्पुर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

२०८० भाद्र ३१, आइतवार १०:२५ बजे

काठमाडौँ–चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ ।
सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन् ।
प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ । आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनिहरूको माग छ ।